तारकेश्वर नगरपालिकामा तपाईहरुलाई स्वागत छ । जन्म, मत्यु, बसाई सराई, विवाह र सम्वन्ध विच्छेड जस्ता व्यक्तिगत घटनाहरु,घटना घटेको ३५ दिन भित्र आ-आफ्नो वडा कार्यालयमा गई नि:शुल्क दर्ता गराई कानुनी मान्यता प्राप्त गरौं ।

1 of 13

संक्षिप्त परिचय

पूर्वमा टोखा नगरपालिका, पश्चिममा नार्गाजुन नगरपालिका, उत्तरमा नुवाकोट जिल्ला तथा दक्षिणमा काठमाडौं महानगरपालिकाको सिमानासँग जोडिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७१ मंसिर १६ को निर्णयानुसार यस क्षेत्रका साविकका सांग्ला, काभ्रेस्थली, जितपुरफेदी, गोलढुंगा, धर्मस्थली, फुटुंग र मनमैजु गा.वि.स. समेटेर तारकेश्वर नगरपालिका घोषणा गरिएको हो । तत्कालिन अवस्थामा २१ वटा वडामा विभाजित यो नगरपालिका हाल आएर ११ वटा वडामा समेटिएको छ ।