FAQs Complain Problems

वडा नं. १

तारकेश्वर नगरपालिका वडा नं. १ को परिचय
तारकेश्वर नगरपालिकाको वडा नं १ साङला, काठमाण्डौ जिल्लाको उत्तर तथा तारकेश्वर नगरपालिकाको उत्तर पूर्वी दिशामा पर्दछ । जुन अति सुन्दर र रमणीय वडामा पर्दछ । यो वडा २७४५’.४८’’उत्तरी अक्षांश र ५०१८’.२४” पूर्वी देशान्तर देखि ८५ं२०’००” पूर्वी देशान्तरमा अवस्थीत छ । यस वडाको पूर्वमा टोखा नगरपालिकाको १ नं वडा कार्यालय झोर महांकाल पश्चिममा तारकेश्वर नगरपालिकाको २ नं वडा कार्यालय काभ्रेस्थली ,दक्षिणमा तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ र टोखा नगरपालिकाको वडा नं २ टोखा चण्डेश्वरी र टोखा नगरपालिका को वडा नं ३ 
टोखा र उत्तरमा नुवाकोट शिवपुरी गाउँपालिकाको गुर्जे भञ्जयाङ र समुन्द्रादेवी खोला पर्दछ । काठमाण्डौ निर्वाचन क्षेत्र नं ६ मा पर्दछ भने यस वडा साविकको ९ वटा वडा मिलेर हाल तारकेश्वर वडा नं १ बनेको छ । यो वडा मािथदेखि तलतिर उत्तर दक्षिण लाम्चो आकारमा फैलियको छ । माथिल्लो भेग फराकिलो र तल्लो भाग क्रमश सानो भएर गएको छ । वडाको उत्तर दक्षिण लम्वाई ४.६ कि.मी अधिकतम र पूर्वी पश्चिम चौडाई २.१ कि.मी अधिकतम रहेको छ । 
वडाको कुल जनसंख्या तथा औषत परिवार संख्या 
घरधुरी संख्या : १२००
महिला संख्या : ३२००
पुरुष संख्या : ३३०० 
औषत परिवार संख्या ५.४२
प्राकृतिक स्रोत र सम्पदा :
यस वडा अन्र्तगतका केहि भु–भागहरु प्राकृतिक श्रोत र सम्पदामा जल, जमिन, जंगलका जडिबुटी,जनशक्ति र जैविक विविधता आदि पर्दछन । उत्तरमा रहेको शिवपुरी राष्टिय निकुञ्ज यस वडाको मुख्य प्राकृतिक श्रोत हो । उत्तर तर्फ प्रशस्त जंगल रहेको छ । यस वडामा सरकारी तथा सामुदायिक बनहरु छन् । यस ठाउँको हावापानी काठमाण्डौ उपत्यकाको भन्दा केहि चिसो छ । वडाको नक्सा वडाको भवन ज्ञण्ट विकास यात्रा
धार्मिक तथा सास्ंकृतिक सम्पदाहरु :
यस वडामा गुर्जे भञ्जयाङमा रहेको टाउकेदेवी मन्दिर ,कुञ्चिप्वाकलमा रहेको महांकालदेवी मन्दिर ,टासिछयाफिलिङ गुम्वा, देवी थुम्कामा रहेको सेतीदेवी मन्दिर, विन्दवासिनी मन्दिर, चुनिमा रहेको चुनिदेवी मन्दिर, छापमा रहेको भलेश्वर महादेव मन्दिर, साङलामा रहेको नाटयश्वरी मन्दिर, कोत भवन, भीमसेनस्थान मन्दिर र बालकुमारी मन्दिरहरु रहेका छन् । वडाबासीले चाडपर्व जात्रा तथा मेला आ–आफनो रितिरिवाज र परम्परा अनुसार मान्दै आएका छन् ।

 

जनप्रतिनिधि तथा कर्मचारीको विवरण (वडा नं. १)

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल ठेगाना
श्री विदुर सापकोटा वडा अध्यक्ष ९८५११८१२२२  
श्री लक्ष्मी श्रेष्ठ महिला सदस्य ९८४१५५९७९३  
श्री सम्झना मिजार दलित महिला सदस्य ९८६१०७२४०१  
श्री अच्युत राज कुंवर सदस्य १ ९८४१४१०४९७  
श्री विमल तामाङ्ग सदस्य २ ९८४१२५३६६६  
श्री पद्मा गुजुरेल  वडा सचिव ९८५१०२४७६३  
श्री बासु अधिकारी  सव-ईन्जिनियर ९८५१००७२७०  
श्री गायत्री देवकोटा सहायकस्तर चौथो ९८४१०९४८९१  
श्री विजय थापा मगर स.क.अ. ९८४३४३२३७९  
१० श्री सावित्री भट्टराई अधिकारी  कार्यालय सहयोगी  ९८४०१३७५९४  
 
English
Population: 
६७७२
Ward Contact Number: 
चुनी, साङ्ला
Weight: 
0