FAQs Complain Problems

वडा नं. ६

तारकेश्वर नगरपालिका वडा न.६ को परिचय
तारकेश्वर नगरपालिका वडा नं ६ को पूर्वमा वडा नं ८ मनमैजु र वडा नं ७ फुटुङ्ग, पश्चिममा वडा न. ३, उत्तरमा वडा न.२ काभ्रेस्थली र दक्षिणमा वडा नं ४ र ५ रहेको छ । यस वडाको क्षेत्रफल १.८६ बर्ग कि.मि. रहेको छ यस वडामा नेवार, ब्राहमण,क्षेत्री तामाब लगायत अन्य समुदायका जात जाति बसोबास गर्दछन, भने धेरै मात्रामा नेवार समुदायको बसोबास गरेको पाईन्छ । यो वडा समुन्द्र सतह बाट करिब १४५० मि. उचाई रहेको छ, सरदर २७ देखि ३० डिग्री हुने र हिउँदमा २ तथा ३ डिग्री तापक्रम हुने गर्दछ । यस वडामा घट्टेखोला, कमेरे खोला, महादेव खोला लगायत मध्य भाग र सिमाना भएर बगेका छन् । यस वडामा २ वटा सामुदायिक विद्यालय भएको र ४ वटा निजी विद्यालय रहेको छ । यस वडामा महांकालीमाई मन्दिर, बंगलामुखी माई मन्दिर पृकुन भैरव, पहरा गणेश, इन्द्रेश्वरी मन्दिर बौद्ध स्तुपा लगायतका धार्मिक मठ मन्दिर रहेका छन् यस वडामा विभिन्न संघ संस्था, टोल विकास संस्था, तथा अन्य समुह गठन गरि बिकाश निर्माण,आर्थिक तथा सामाजिक क्षेत्रमा सक्रियरुपमा लागि रहेका छन् ।
धर्मस्थली नामाकरण :
कुनै पनि ठाउँको नाम रहनुमा विशेष प्रमाणहरु रहेको हुन्छ । धर्मस्थली नाम रहनुका मुख्य प्रमाणहरु निम्न अनुसार रहेको छन् ।
१. प्राचीन समयमा हिन्दु ऋषिमुनिहरु यसै स्थानमा बसी धार्मिक सभा आयोजना गर्दथे जसबाट यस स्थानको नाम धर्मस्थली रहन गएको हो ।
२. नेपाल र तिब्बतबीच भएको व्यापारिक सन्धि धर्मको आधारमा गरिएको र उक्त सन्धि यसै स्थानमा बसेर गरिएको हुनाले यस ठाउँको नाम धर्मस्थली रहन गएको हो ।
३. धर्मस्थलीमा रहेको बौद्ध चैत्य स्वयम्भुनाथको आमा भएकोले उक्त स्थानमा आई बौद्ध धर्मबलम्बीहरुले धार्मिक  अनुष्ठान गर्ने भएकोले यस ठाउँको नाम धर्मस्थली रहन गएको हो ।
 

जनप्रतिनिधि तथा कर्मचारीको विवरण (वडा नं. ६)

क्र.सं. नाम थर पद सम्पर्क नंम्बर ईमेल ठेगाना
श्री घनश्याम श्रेष्ठ वडा अध्यक्ष ९८५१०६५५२९  
श्री अञ्जु बस्नेत महिला सदस्य ९८०३१०६९९५  
श्री सविना नेपाली दलित महिला सदस्य ९८६८१३३३१२  
श्री मुक्तिनाथ गुरागाई सदस्य १ ९८४१३९१६०७  
श्री रामचन्द्र घिमिरे सदस्य २ ९८५१०६८२३७  
श्री सुशिला शर्मा लोहनी  वडा सचिव ९८४९१९९२६३  
श्री प्रदिप भण्डारी  सव-ईन्जिनियर ९८४१०३६५३७  
श्री रवि तिमिल्सिना सहायकस्तर चौथो ९८५११९८०८६  
श्री पुष्प महर्जन स.क.अ. ९८४१५६३९७७  
श्री विष्णु देवि भट्ट सा.प. ९८४९३६०२१४  
  श्री निशा बानियाँ कार्यालय सहयोगी  ९८४९१५३५९७  
Nepali
Population: 
६७३२
Ward Contact Number: 
०१- ४०२५९३३, पृकुन, धर्मस्थली
Weight: 
7