FAQs Complain Problems

तारकेश्वर नगरपालिका र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर वीच डायलासिस सेवा संचालनको लागि सम्झौता पत्रमा हस्ताक्षर

तारकेश्वर नगरपालिका र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर वीच डायलासिस सेवा संचालनको लागि मिति २०७९ चैत १७ गते एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त समझौतामा नगरपालिकाको तर्फबाट नगर प्रमुख कृष्ण हरि महर्जनज्यू र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको तर्फबाट कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठज्यूले हस्ताक्षर गर्नु भएको थियो ।

यो सम्झौता भए पश्चात तारकेश्वर नगरपालिकामा किड्नी डायलासिस सेवा छिटै संचालन हुने भएको छ ।

यो सम्झौताको अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठज्यूले अङ्ग प्रत्यारोपणको शाखा तारकेश्वर नगरपालिका क्षेत्र भित्र राख्नको लागि गर्नु भएको प्रस्तावमा नगर प्रमुख तथा उप प्रमुखज्यूले सकारात्मक सहमति जनाउनु भएको र सो सम्बन्धमा भावि दिनहरुमा यो नगरपालिका भित्र अङ्ग प्रत्यारोपण सम्बन्धी सुविधा सम्पन्न अन्तराष्ट्रिय स्तरको अस्पताल बनाउने विषयमा सहमति तथा समझदारी समेत भएको छ ।