FAQs Complain Problems

नगरबासीलाई नगर प्रमुख श्री रामेश्वर बोहराज्यूको अपिल !!

तपाई नगरबासी तथा सम्पर्ण दाजु, भाई तथा दिदी बहिनीहरुमा तारकेश्वर नगरपालिकाको तर्फबाट हार्दिक अनुरोधका साथ आवह्नान गरिन्छ कि विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) बाट बच्न र बचाउन हामी सबै सचेत र सजग भै आएता पनि केहि व्यक्तिहरु बाहिर हिडडुल तथा जमघट भै रहेको पाइएकोले उक्त महामारी बाट बच्न र बचाउनको लागि तारकेश्वर नगरपालिकाको तर्फबाट यहाँहरु सम्पुर्णलाई आ-आफ्नो घर कोठामा बसी सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछौं । साथै मन्दिरमा समेत धेरै जमघट नगरिदिनु होला र अत्यावश्यक समान तथा बस्तु खरिद गर्दा पनि बढी भिडभाड नगरि खरिद गरिदिनुहोला र विदेशबाट आएका व्यक्ति तथा महानुभावहरुले आ-आफ्नो जानकारी सम्बन्धित वडा अध्यक्षलाई दिई आ-आफ्नो घरमा अन्य परिवारबाट समेत छुटै बसी सहयोग गरीदिनु हुन अनुरोध गर्दछु ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) को रोकथाम र नियन्त्रणका लागि तारकेश्वर नगरपालिकाबाट हालसम्म भएका कार्यहरुको विवरण निम्नानुसार भएको व्यहोरा अनुरोध छ । यस परिस्थितिमा सम्पुर्ण नगरबासिले धैर्यका साथ उच्च सतर्कता अपनाउनु हुन समेत अनुरोध छ । - रामेश्वर बोहरा, नगर प्रमुख, तारकेश्वर नगरपालिका ।