FAQs Complain Problems

प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता-२०७९ सम्पन्न

तारकेश्वर नगरपालिकाको आयोजनामा प्रथम मेयर रनिङ शिल्ड प्रतियोगिता-२०७९ (मितिः २०७९।१०।१२ देखि २०७९।१०।१४ सम्म) हर्षोउल्लासका साथ सम्पन्न भएको छ । प्रतियोगितामा ३४ वटा विद्यालयका करिब २००० विद्यार्थीहरुको सहभागीता रहेको उक्त प्रतियोगितामा फुटबल, भलिबल, मार्सालाट, एथलेटिक्स, कबडि खेलका ६४ विधामा विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । सहभागी विद्यालय मध्येबाट प्रथम , द्वितिय, तृतीय र सान्त्वना पदक सहित नगद पुरस्कार प्राप्त गर्ने विद्यालयहरु लगायत भाग लिने सबै विद्यालयहरुलाई बधाई तथा धन्यवाद दिन चाहान्छौं ।

प्रथमः १२ स्वर्ण पदक र नगद पुरस्कार रु १,००,०००।- (एक लाख) प्राप्त गर्ने हिम रश्मी हाई स्कूल

द्वितियः ८ स्वर्ण पदक र नगद पुरस्कार रु ६०,०००।- (छाठ्ठी हजार) प्राप्त गर्ने लालिगुराँस नेशनल एकेडेमी स्कूल

तृतीयः ५ स्वर्ण पदक र नगद पुरस्कार रु ४०,०००।- (चालीस हजार) प्राप्त गर्ने किन्डर गार्डेन स्कूल

सान्त्वनाः ४ स्वर्ण पदक र नगद पुरस्कार रु २०,०००।- (बीस हजार) प्राप्त गर्ने एञ्जल हार्ट मा.वि.

सबै उपस्थित महानुभावमा धन्यवाद व्यक्त गर्दछौ ।